भरतपुर महानगरपालिका अन्तरगतका संस्थागत विद्यालय/सामुदायिक क्याम्पसहरूमा शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई महानगरपालिका विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८२ को दफा १२ को उपदफा १ बमोजिम छात्रवृत्ति प्रदान गरिने र सो बमोजिम विद्यार्थी छनोटका लागि इच्छुक विद्यार्थीहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (मिति २०८३/०२/२२ गते राती १२:०० बजेभित्र) देहायका कागजात सहित अनलाइन आवेदन पेश गर्न जानकारी गराइन्छ । यस महानगरपालिकाको वेबसाइट www.bharatpurmun.gov.np वा scholarship.bharatpurmun.gov.np मार्फत अनलाइन आवेदन तपसिलको कागजातहरू सहित दिन सकिने व्यवस्था मिलाइएको व्यहोरा अनुरोध छ ।
तपसिल
छात्रवृत्ति छनौटका आधारहरू
छात्रवृत्ति सम्बन्धी गुनासो वा केही सोधपुछ गर्नुपरेमा भरतपुर महानगरपालिकाको टेलिफोन नं. 056-520167, 521467, 530062, 526951, 522252, 525771मा सम्पर्क गर्न सकिनेछ। प्राविधिक सहायताको लागि bmc@ntc.net.np मा इमेल गर्न सकिनेछ।
{{'RESERVATION_INFO' | translate}}